Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी (विज्ञप्तिसहित)

स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी (विज्ञप्तिसहित)


  • 6.9K
    Shares

    • images
    स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी (विज्ञप्तिसहित)

    काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

    भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    स्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।

    अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।

    अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।

    विज्ञप्ति : 

    veri-hospital-press-note.png

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १७:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij