२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन–चैत) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१\८२ को चैतसम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ०.४३ प्रतिशतले बढेको छ।
चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ४२.११ प्रतिशतले बढेको छ।कम्पनीले ५ अर्ब १६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८.३५ प्रतिशतले बढेको छ।
कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड २६ लाख रुपैयाँ थियो।
चालु वर्षको चैतसम्म ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३९.१८ प्रतिशतले बढेको छ। शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ९.८१ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ४५.४६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij