Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

पेस्तोल देखाउँदै चाँदी पसलमा लुटपाटको प्रयास गर्ने तीन युवक पक्राउ

पेस्तोल देखाउँदै चाँदी पसलमा लुटपाटको प्रयास गर्ने तीन युवक पक्राउ


  • 372
    Shares

    पेस्तोल देखाउँदै चाँदी पसलमा लुटपाटको प्रयास गर्ने तीन युवक पक्राउ

    काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित भेडासिंहमा रहेको एक चाँदी पसलमा पेस्तोल देखाउँदै दिउँसै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    वैशाख १७ गते भएको उक्त घटनामा ‘नैना एन्ड इशान ज्वेलरी’ की सञ्चालक बबिता रौनियारले साहसिक प्रतिकार गरेपछि लुटपाट असफल भएको थियो र संलग्न व्यक्तिहरू फरार भएका थिए।

    घटनापछि सुरु गरिएको अनुसन्धान र खोजी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। पक्राउ पर्नेमा हरिकृष्ण महर्जन,  विवेक राजबाहक र अरुण भुजेल रहेका छन्। 

    प्रहरीका अनुसार महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो भने विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार अरुण भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरिएको छ। साथै, महर्जनले घटनाका क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर आफ्नो हुलिया परिवर्तन गरेको पनि खुलेको छ।

    प्रारम्भिक अनुसन्धानले उनीहरू विगतका अन्य आपराधिक घटनामा समेत संलग्न रहेको संकेत गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १२:०८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij