Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीको सक्रियता

सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीको सक्रियता


  • 330
    Shares

    सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीको सक्रियता

    काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन अध्यक्ष ओलीले सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् ।

    अध्यक्ष ओली र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूबिच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुँदैछ । छलफलका लागि संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सबै ११ जना सांसद काठमाडौँ आइपुगेका छन् । बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि समय केही हेरफेर हुन सक्ने एक सांसदले जानकारी दिएका छन् ।

    सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति पार्टीका सांसदहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै सांसदहरूको एउटा समूहले रावललाई हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राख्दै आएको छ । 

    बैठकमा संसदीय दलको नेताको विषयमात्र नभई प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि गम्भीर छलफल हुने बुझिएको छ ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - ११:१९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij