Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या ११ दिनपछि शव फेला

पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या ११ दिनपछि शव फेला


  • 1.4K
    Shares

    पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या ११ दिनपछि  शव फेला

    काठमाडौं । हराएको ११ दिनपछि मृत फेला परेकी तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी विवाहेत्तर सम्बन्धका कारण मारिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    उनको हत्यामा संलग्न टोखा नगरपालिका–२ का अनिल डङ्गोलसँग मृतक तिवारीको एक वर्षदेखि सघन सम्बन्ध देखिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । डङ्गोलले उनीसँगको सम्बन्ध स्वीकार गरेका छन् ।

    सरिता वैशाख १२ गतेदेखि तारकेश्वर–३, तीनपिप्लेबाट हराएकी थिइन् । बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलासका लागि जाहेरी दिएका थिए । खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उनको शव उत्खनन गरिएको थियो । उनीहरू जितपुर फेदीका स्थायी बासिन्दा हुन् ।

    पारिवारिकस्रोतका अनुसार मृतक तिवारीका पति शंकर तिवारी र डङ्गोल मिलनसार साथी हुन् । साथीका रुपमा शंकरसँग आवतजावत हुने क्रममा पत्नी सरितासित भेट भएको हो । शंकर विभिन्न टेलीसिरियलमा काम गर्छन् । त्यसबाहेकको समयमा कृषिकार्यमा व्यस्त हुन्थे । त्यही व्यस्तताका समयमा सरिता प्रायः डङ्गोलको साथमा हुने गरेकी थिइन् ।

    एक वर्षदेखिको यस्तो सम्बन्धबारे शंकरले गत माघ–फागुन महिनातिर मात्रै जानकारी पाएको परिवारका एक सदस्यले बताए । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सरिता निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन् । त्यसक्रममा कैयौँ दिन घर नजाने र खोजी गर्दा डङ्गोलको साथमा भेटिएपछि शंका भएको हो ।

    सरिताले डङ्गोलसँगको सम्बन्धबारे परिवार र समाजमा हल्ला चलेका कारण आफू अप्ठ्यारोमा परेको भन्दै डङ्गोललाई आफ्नो जिम्मा लिन दबाब दिएकी थिइन् ।

    प्रहरीस्रोतका अनुसार डङ्गोल बसोबास गर्ने टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रहरीलाई दिएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । उनीहरू घटना हुनुअघि पनि शिवपुरी जंगल भेट्ने गर्थे ।

    पतिसँग मित्रता, पत्नीसँग प्रेम
    डङ्गोल र मृतकका पनि शंकरबीच विगत ७–८ वर्षदेखि मित्रता थियो । उनीहरूबीच आर्थिक लेनदेनदेखि खानपिनसम्मका सन्दर्भमा घनिष्ठता देखिने प्रहरीस्रोतले जनाएको छ । तर, आफ्नै पत्नीसँग लागेको कुरा ढिलो चाल पाए । सरिता हराएपछि डङ्गोलसँग सोधपुछ भएको थियो । तर, थाहा नभएको भन्दै पन्छिएपछि वडाध्यक्ष श्रेष्ठको सहयोगमा उनलाई पक्राउ गरियो र हत्या गरी गाडिएको ठाउँ बताएका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १०:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij