Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

बाढी-पहिरोले यी ३ सडक पूर्णरूपमा अवरुद्ध, एकतर्फी सवारी

बाढी-पहिरोले यी ३ सडक पूर्णरूपमा अवरुद्ध, एकतर्फी सवारी


  • 407
    Shares

    बाढी-पहिरोले यी ३ सडक पूर्णरूपमा अवरुद्ध, एकतर्फी सवारी

    काठमाडौं । वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। बाढी-पहिरोले मंगलबार अवरुद्ध भएको कान्ती लोकपथसहित केही राजमार्गमा भने पहिरो पन्छाएपछि आज बिहानदेखि गाडी चल्न थालेका प्रहरीले जनाएको छ। 

    काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसयबेँसी लगायतका ठाउँमा बाढीपहिरोको कारण बीपी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

    त्यसैगरि बीपी राजमार्गमै पर्ने काभ्रेको खुर्कोट-नेपालथोक सडकमा पनि जोखिमको कारण अहिले प्रहरीले गाडी सञ्चालनमा रोक लगाएको छ। त्यसैगरि अबिरल वर्षापछिको बाढीको कारण ईलामको इलाम रोङ गाउँपालिका-६ सलकपुरमा ङखेप-झापा सडक अवरुद्ध भएको छ। 

    मंगलबार ललितपपुरको बागमती नगरपालिका-३ भालुखोलामा खसेको पहिरो पन्छाएपछि कान्तीलोकपथमा यातायात सुचारु भएको छ। त्यसैगरी बाढीको कारण भोजपुरको भोजपुर नगरपालिका-५ बोखिममा अहिले सडक एकतर्फी छ भने ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ मा खसेको पहिरो पन्छाएर भित्री सडक खण्डमा यातायात सुचारु गरिएको छ। 

    त्यसैगरी सिन्धुलीपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा सोमबार खसेको पहिरो पन्छाएपछि त्यहाँ पनि अहिले अरनिको राजमार्गमा गाडी सुचारु भएका छन्। 

    त्यसैगरि म्याग्दीको बेनी जोमसोम सडक र लमजुङमा मध्यपहाडी राजमार्गमा पनि पहिरोको कारण सडक एकतर्फी भएको छ। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी जारी रहेको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १०:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij