Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

शिवपुरीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो, एक पुरुष पक्राउ

शिवपुरीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो, एक पुरुष पक्राउ


  • 1.6K
    Shares

    शिवपुरीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो, एक पुरुष पक्राउ
    images

    काठमाडौं । टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र गाडेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

    गत वैशाख ११ गतेदेखि हराएकी महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारी बजार जान्छु भन्दै ११ वैशाखमा घरबाट निस्केकी थिइन् ।

    उनी बेलुकासम्म घर नफर्केपछि आफन्तले १२ वैशाखमा प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो ।

    तिवारीसँग अर्का एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले सोमबार ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । सोमबार प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

    नियन्त्रणमा लिएका डंगोलले नै शिवपुरीको जंगलमा हत्या गरेर फालेको बताएका थिए । त्यसपछि डंगोललाई लिएर प्रहरी जंगल पुग्दा सड्न थालेको अवस्थामा महिलाको शव भेटिएको हो ।

    एसपी भट्टराईका अनुसार हत्या गरेर गाडेको अवस्थामा शव भेटिएको हो । अहिले उक्त शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । हत्याको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १९:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij