Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायी शेखर गोल्छा आजै छुट्ने

व्यवसायी शेखर गोल्छा आजै छुट्ने


  • 2.2K
    Shares

    व्यवसायी शेखर गोल्छा आजै छुट्ने
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा आजै रिहा हुने भएका छन्। जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्न अनुमति नदिएपछि व्यवसायी गोल्छालाई आजै छाड्न लागिएको हो। 

    गोल्छालाई रिहा गर्न लागिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन्। 

    व्यवसायी गोल्छाविरुद्ध धितोपत्र र बिमा सम्बन्धी कसूरमा ब्युरोले अनुसन्धान गरिरहेको छ। धितोपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। उनी पाँच लाख धरौटी बुझाएर सोमबार साँझ रिहा भएका थिए। 

    त्यसलगत्तै ब्युरोले गोल्छालाई बिमा सम्बन्धी कसूरमा पक्राउ गरेको थियो। आज जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्नका लागि अनुमति नदिएपछि प्रहरीले गोल्छालाई छोड्ने भएको हो।

     

     

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १७:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij