Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल निर्वाचित

चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल निर्वाचित


  • 421
    Shares

    चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल  निर्वाचित

    काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। संघका अधिकासं पदमा डा. रिजालकै प्यानलका उम्मेदवार निर्वाचित भएका हुन्। 

    मंगलबार सम्पन्न मतगणनामा डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. मंगल रावलले दुई हजार ९४० मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार डा. नारायाणप्रसाद भुसालले ८६९ मत प्राप्त गरेका छन्। 

    वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी निर्वाचित भएका छन्। उनले तीन हजार ३६ मत पाएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदावर डा। कीतिपाल सुवेदीले दुई हजार ३०२ र डा। अजयकुमार मिश्रले एक हजार ४२१ मत पाएका छन्। त्यस्तै, महासचिवमा डा. विश्वराज दवाडीले दुई हजार ७२२ मत पाएका छन्। उनका प्रतिस्पर्धी डा. कालुसिंह खत्रीले दुई हजार ४२३ र डा. अमृत भुसालले एक हजार ६४६ मत पाएका छन्। 

    कोषाध्यक्षमा डा. संयुक्त आचार्यले तीन हजार १८६ मत पाएका छन्। उनका प्रतिस्पर्धी डा. चाँदनी जैसवालले दुई हजार ९९ र डा। विनोदकुमार महासेठले ९७४ मत पाएका छन्। १९ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा डा. रिजालकै उम्मेदवार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा डा। रिजालकै प्यानलका उम्मेदवार निर्वाचित भएका हुन्। 

    डा. रिजालको टोलीले सातमध्ये पाँच प्रदेशका उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा पनि जित हासिल गरेको छ। कोसी प्रदेशमा डा. रोशन खड्का, मधेस प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा। सुवास भट्टराई, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशीले जित हासिल गरेका छन्।

    गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा.रबिन खड्काले जित निकालेका छन्। उनीहरू दुवै जना डा. रावलका प्यानलका उम्मेदवार हुन्।  त्यस्तै, सदस्यमा डा. रिजालका प्यानका डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ निर्वाचित भएका छन्। डा. रावलका प्यानबाट डा। अमित झा र डा। पल्पसा श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्। टिम रिफर्मबाट डा. शेषराज घिमिरेले सदस्य निर्वाचित भएका छन्। 

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १६:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij