२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग भेट गरेका छन् । राधास्वामी सत्संग भवनमा राखिएका सुकुम्बासीहरूसँग उनले भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिएका हुन् ।
सरकारले हाल सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र बनाइरहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउने क्रम जारी छ ।
यस अभियानका कारण धेरै सुकुम्बासी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij