२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौ उपत्यकामा आज २३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७९६, ललितपुरमा ३१५ तथा भक्तपुरमा २१३ गरी २३ सय २४ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो ।
योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij