२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ।
सोमबार साँझ ललितपुरमा बसेको बैठकले पार्टी सभापति गगन कुमार थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग छलफल गरेर वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकले प्रशासनक पुर्नसंरचनाको कामलाई निर्णयमा पुर्याएर मन्त्रिमण्डल घटाउने निर्णय गरेको छ । उक्त कार्य वैशाख महिनामा टुंग्याउन गरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई जिम्मा दिने बैठकले निर्णय गरेको संसदीय दलका सचिव सांसद मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।
बैठकले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट तथा आयोजना छनोटका लागि निर्वाचन क्षेत्र केन्द्रीत भएर छलफल गर्ने निर्णय गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij