Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

बीपी राजमार्गमा लापरबाही गरेर माइक्रो बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा

बीपी राजमार्गमा लापरबाही गरेर माइक्रो बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा


  • 365
    Shares

    बीपी राजमार्गमा लापरबाही गरेर माइक्रो बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं । सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याइ सवारी चलाएको आरोपमा पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी कोमल शाहले जानकारी दिएका छन् ।

    रोशी खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा राती १:०० बजे उद्धार गरि गन्तव्यसम्म पुर्‍याएको थियो ।  

     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij