२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij