२०८२ भाद्र १० गते मंगलवार
झापा । कोरोना संक्रमणका कारण झापामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् र उनीहरू मेचीनगरका रहेका छन् ।
मेचीनगर–१३ स्थित तेलीबारीका ४२ वर्षीय पुरुषको आज विहान ७ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।
उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । उनको अहिले सुरुङ्गा स्थित माईखोलामा दाहसंस्कार भईरहेको छ ।
त्यस्तै मेचीनगर–१० का ३९ वर्षीय पुरुषको दमक स्थित लाइफ लाइनबाट घर ल्याउदै गर्दा आज दिउसो १ वजे बाटैमा मृत्यु भएको उनले जानकारी दिए ।
उनको स्थानीय खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भईरहेको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्युु हुनेको कुल संख्या २२५ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij