२०८३ बैशाख २२ गते मंगलवार
काभ्रेपलाञ्चोक।अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा माइक्रोबस फसेका छन् । सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीच ती सवारी साधन अड्किएका हुन् ।
माइक्रोबसमा सवार यात्रुहरू खोलाको बीचमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार घटनाबारे खबर प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ ।
डीएसपी विष्टसहितको प्रहरी टोलीले हाल यात्रुको उद्धारका लागि प्रयास तीव्र बनाएको छ। खोलाको बहाव उच्च रहेकाले उद्धार कार्यमा चुनौती थपिएको जनाइएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा यात्रुलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अहिले जिप्रका काभ्रेबाट २५ जना प्रहरी, २५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको सेनानीको कमाण्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित खटिएको छ । ६०–६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेकाको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij