Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाटन हत्याकाण्ड: दाजुभाइ मार्ने नेपालीविरुद्ध जन्मकैदको माग गर्दै प्रहरीद्वारा प्रतिवेदन पेश

पाटन हत्याकाण्ड: दाजुभाइ मार्ने नेपालीविरुद्ध जन्मकैदको माग गर्दै प्रहरीद्वारा प्रतिवेदन पेश


  • 2.4K
    Shares

    पाटन हत्याकाण्ड: दाजुभाइ मार्ने नेपालीविरुद्ध जन्मकैदको माग गर्दै प्रहरीद्वारा प्रतिवेदन पेश
    images

    काठमाडौं । पाटनको कृष्णमन्दिर अगाडि चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गर्ने सन्जीव नेपालीमाथिको अनुसन्धान प्रहरीले सम्पन्न गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सम्पन्न गर्दै अभियोजनका लागि जिल्ला सरकारीको वकिल कार्यालय ललितपुरलाई प्रतिवेदन बुझाएको हो ।

    परिसरका एसपी गौतम मिश्रका अनुसार प्रहरीले नेपाली माथि जन्म कैदको सजाय हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

    गत चैत २५ मा ललितपुर भोलढोकाका ३२ वर्षीय नेपालीले झापाका २६ वर्षीय सिर्जन नेम्वाङ र सुमित नेम्वाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

    प्रहरीको अनुसन्धानका क्रममा नेपालीसित अर्का युवा नवलपरासी गैँडाकोट-१ का गगन सुनारसमेत चक्कु प्रहार गर्न पुगेको खुलेपछि उनलाई पनि पक्राउ गरेको थियो । गगनको हकमा भने मतियार भूमिका कैद सजाय माग गरिएको छ ।

    हत्या लगत्तै नेपालीलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएको भन्दै पीडित परिवारले प्रहरीलाई नगद रुपैयाँसहित गत शुक्रवार सम्मान गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij