२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आगामी मंगलबारबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ। सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रीपरिषदको बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको मन्त्री ढकालले बताएका छन् । बैठकले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय गरेको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको छ ।
ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड-१९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होमक्वारेन्टिननमा बस्नुपर्ने, एक मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij