Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारवाही हुन्छ : गृहमन्त्रालय

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारवाही हुन्छ : गृहमन्त्रालय


  • 6.4K
    Shares

    • images
    अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारवाही हुन्छ : गृहमन्त्रालय
    images

    काठमाडौं ।  गृहमन्त्रालयले अस्पतालमा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने बताएको छ। 

    कोभिड-१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्तो बताएको हो। 

    मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ। 

    मन्त्रालयले साझा शत्रुको रुपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ। 

    यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ। 

    यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा राज्यले गर्ने विज्ञप्तिमा उल्लेख छ।

    मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भइ छानविनको काम भइरहेको जनाएको छ। 

    बाँकेलगायत सोलुखुम्बु, धनुषा, कास्की, तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा सङ्लग्नउपर कानून बमोजिम कारवाही गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ। 

    मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सार्वजनिक गरेको  विज्ञप्तिमा भनिएको छ, ‘कोभिडका विबरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि हुने यस प्रकारका घटना रोक्न, दोषीलाई कानुन बमोजिम कारवाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन तथा स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ।’

    उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भिरताका साथ लागिरहेकाले  स्वास्थ्यकर्मीलाई संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले अपिल गरेको छ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij