Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

कपनको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)

कपनको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)


  • 638
    Shares

    कपनको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएर भत्काएको छ । सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो ।

    सो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ ।

    यसलाई काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने र वास्तविक सुकुमवासीलाई पुनर्स्थापना गर्ने वर्तमान सरकारको निर्णयको निरन्तरता ठानिएको छ ।

    यसअघि महानगरपालिकाले थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू, बालाजु लगायतका विभिन्न स्थानमा पनि डोजर लगाएर भत्काइएको छ ।

    dojar4.JPG

    dojar3.JPG

    dojar2.JPG

    dojar.JPG

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १२:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij