२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने भएका छन्। सचिवालयका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ।
‘इन्फेक्सन नहोस् भनेर हाल केही दिनयता भेटघाटलाई रोकिएको छ’, सचिवालयका एक सदस्यले भने, ‘अबको केही दिनमा सुधार हुन्छ भनिएको छ ।
केही दिन पहिला अपरेसन गरिएको ठाउँमा घाउ बढेर इन्फेक्सन भएपछि चिकित्सकहरूले भेटघाट र हिँडडुल नगर्न सल्लाह दिएकाले भेटघाटलाई नियन्त्रण गरिएको बताइएको छ।
गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया भएको थियो। त्यसअघि उनलाई प्रहरीले चैत १३ गते पक्राउ गरेर अस्पतालमै राखेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij