Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सम्पत्ति शुद्धीकरण कसुरमा राम बहादुर बमजनले पाए सफाइ

सम्पत्ति शुद्धीकरण कसुरमा राम बहादुर बमजनले पाए सफाइ


  • 1.1K
    Shares

    • images
    सम्पत्ति शुद्धीकरण कसुरमा राम बहादुर बमजनले पाए सफाइ
    images

    काठमाडौं । लिटिल बुद्धको नामले चर्चित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसुरमा पनि सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो।

    उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दाको फैसला वैशाख ८ गतेको इजलासले गरेको हो। अभियोग दाबी नपुग्ने फैसला गरेपछि उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।

    बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। 
    चितवनमा रहेको बमजनकव ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर गरेको थियो।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १७:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij