Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

मिलनबस्ती सेवा समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रमान श्रेष्ठ

मिलनबस्ती सेवा समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रमान श्रेष्ठ


  • 1.1K
    Shares

    मिलनबस्ती सेवा समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रमान श्रेष्ठ

    काठमाडौं । काठमाडौं सोह्रखुट्टेस्थित एन्ड्रीज क्याफेमा शनिबार भएको मिलनबस्ती सेवा समाज काठमाडौंको दोस्रो अधिवेशनले चन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

    नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्ति लामा श्रेष्ठ, महासचिबमा रक्तिम किरण श्रेष्ठ, सचिबमा इश्वर श्रेष्ठ, कोषाध्यक्षमा बिनोद श्रेष्ठ चयन भएको छ । समाजको सदस्यहरुमा भिमसेन बाबु श्रेष्ठ, रस्किन श्रेष्ठ, नारायण श्रेष्ठ, तिलक पाण्डे, सुदर्शन श्रेष्ठ, सुबास श्रेष्ठ, बिपिन श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ र कुमार श्रेष्ठ चयन भएको हो ।

    समाजको अग्रसरतामा गोरखाको भिमसेनथापा ५ बगुवामा २०७२ सालको भूकम्प पश्चात १३५ घरलाई स्थानान्तरण गरी एकीकृत मिलनवस्ती लगभग सम्पन्न हुने चरणमा छ ।

    समाजका अध्यक्ष गणेशमान श्रेष्ठको साभापतित्व र सल्लाहकार डा. जगतकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहकार तथा बस्ती निर्माणमा अग्रणी भूमिका खेलेका रामहरी श्रेष्ठले बस्तीलाई छिट्टै सम्पन्न गरी उद्घाटन गर्ने बताएका छन् ।

    उक्त कार्यक्रमका सञ्चालक तथा एकीकृत मिलनबस्ती पूननिर्माण बिकास समितिका अध्यक्ष सुकुमार श्रेष्ठले अब केही घरहरु मात्रै सम्पन्न हुन बाँकी रहेकोले मिलनबस्ती सेवा समाज र पूननिर्माण विकास समितिको सहकार्यमा बस्ती सम्पन्न हुने बताए।

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १५:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij