Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव


  • 372
    Shares

    सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो ।

    हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो । मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र वातावरणीय समस्या निम्त्याएपछि सरोकारवालाले व्यवस्थापनका लागि पहल थालेका थिए । पर्यटन विभागले संघलाई शव संकलन गर्न अनुरोध गरे अनुसार व्यवस्थापन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।

    अध्यक्ष शेर्पाका अनुसार २९ अप्रिलका दिन संघले सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोही परिचालन गरी शव निकालेको थियो । उक्त शव १ मेका दिन आधार शिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको थियो ।

    त्यसपछि शवलाई पोस्टमार्टम गर्न प्रहरीलाई हस्तान्तरण गरिएको थियो । शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ । शवको सनाखत हुन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १४:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij