Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ


  • 351
    Shares

    सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

    आइतबार नै पार्टी सचिवालय बैठक बस्दैछ । पार्टी सभापति लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । 

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १३:५७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij