२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् । शनिबारदेखि नै आईजीपी खाली भए पनि दुई दिन सार्वजनिक बिदा भएका कारण पौडेलले सोमबार मात्रै फुली लगाउने भएका हुन् ।
१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, पौडेलले गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने भएका छन् । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।
गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह लगाउने गरी गृह मन्त्रालयले तयारी गरेको छ । सोमबार बिहान पौने ९ बजे फुली लगाउने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij