Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत

सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत


  • 351
    Shares

    सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्।

    सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्। 

    विकास भनेको चिल्ला फुटपाथ र चौडा सडक मात्र नभई हरेक जनताले खुट्टा टेक्ने ठाउँ, ओत लाग्ने आवास र आधारभूत आवश्यकतामा पहुँच हुनु रहेको उनको तर्क छ। राउतले राजधानीमा गरिब, मजदुर र सीमान्तकृतहरूलाई धपाएर निर्माण गरिने भनिएको संरचनालाई ‘नवधनाढ्यहरूको विलासिता’ को संज्ञा दिएका छन्। 

    राज्यको परिभाषा केवल जमिन नभएर जनता भएको स्मरण गराउँदै उनले सरकार जनताको हेरचाहका लागि नियुक्त गरिएको तलबी कर्मचारी मात्र भएको टिप्पणी गरेका छन्। राज्यका संयन्त्रहरूले आफ्नो सीमा र अधिकारको दायरा भुल्न नहुने भन्दै उनले सत्ता र शक्तिको अहंकार पाल्नु भ्रम मात्र रहेको बताएका छन्।

    राज्य चलाउनेहरूलाई निर्णय गर्न गाह्रो भए गोल्डेन रुल अपनाउन सुझाव दिँदै उनले कुनै पनि कार्य गर्दा पीडितको ठाउँमा आफ्ना साना बालबच्चालाई राखेर सोच्न आग्रह गरेका छन्। 

    नेपालमा राज्यले बालबालिकाका सबै कुरा खोसिदिएको र जापानमा एकजना बालिकाका लागि वर्षौँसम्म रेल चलाएको प्रसङ्ग उल्लेख गर्दै राउतले दुई देशको राज्यको व्यवहारमा आकाश(जमिनको अन्तर रहेको बताएका छन्। 

    राज्यले नागरिकमाथि गर्ने व्यवहारले नै भोलिको पुस्ताको धारणा तय गर्ने भन्दै उनले सरकारले चालेका पछिल्ला कदमहरूले भविष्यमा नकारात्मक परिणाम निम्त्याउन सक्ने संकेत गरेका छन्। सरकारले जनताको संरक्षण गर्नुपर्ने ठाउँमा उनीहरूलाई नै घरबारविहीन बनाउनु विधिको शासनविपरीत रहेको उनको निष्कर्ष छ।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १२:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij