Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागलुङमा ६५ जना सवारी चालकको लागू पदार्थ सेवन जाँच्दा १४ जना कारबाहीमा

बागलुङमा ६५ जना सवारी चालकको लागू पदार्थ सेवन जाँच्दा १४ जना कारबाहीमा


  • 1.1K
    Shares

    बागलुङमा ६५ जना सवारी चालकको लागू पदार्थ सेवन जाँच्दा १४ जना कारबाहीमा
    images

    काठमाडौं । बागलुङमा लागू पर्दा सेवन गरेर सवारी चलाउनेहरू भेटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको लापसे जाँच अभियान अन्तर्गत ६५ जनामा चेकजाँच गर्दा १४ जनालाई कारबाही गरिएको छ । 

    चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढी हुन थालेको गुनासोपछि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले जानकारी दिएका छन् ।

    बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ भेटिएको हो ।

    लागुपदार्थ सेवन गरेको पाइएपछि एक इभी भ्यान, स्कारपियो, चार ट्याक्टर, चार पिकअप भ्यान, दुई मोटरसाइकल, अटो र टिपर चालकलाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कार्वाही गरी छाडिएको उनले सुनाए । जिल्लाभर चालु वर्षको ९ महिनामा १५ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।  

     

     

     

    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ११:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij