२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । लामो प्रतीक्षापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि बुधबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन-एआरटी जेभीबिच औपचारिक सम्झौता भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार युसिन-एआरटी जेभीले अबको ५ वर्षसम्म सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ । यो सुरुङ सञ्चालनका लागि तय गरेको कार्यतालिका अनुसार सन् २०२६ मे को दोस्रो सातासम्ममा सेवा प्रदायक कम्पनी कार्यक्षेत्रमा परिचालन हुनेछ ।
सुरुङ मार्गको सुरक्षा र प्राविधिक पक्षको पूर्ण प्रमाणीकरण भएपछि सन् २०२६ जुलाईको अन्त्यसम्म अर्थात् (साउन) मा यो सुरुङ सार्वजनिक यातायातका लागि खुला गरिने उनको भनाइ छ ।
आधुनिक प्रविधि र कडा सुरक्षा मापदण्डका कारण सुरुङ भित्रको यात्रा सुरक्षित, भरपर्दो र सहज हुने विश्वास आयोजनाले लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij