Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

जहाँ श्रमिक सम्मानित हुन्छन्, त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छन्, त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली


  • 281
    Shares

    जहाँ श्रमिक सम्मानित हुन्छन्, त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका छन् । 

    अध्यक्ष ओलीले भनेका छन्, नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गरेका छन् । ‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै  ‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबिचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ ।’

    अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिक बिच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन् ।

    ‘हाम्रो ध्येय थियो  उद्योग चलोस्,रोजगारी बढोस्,श्रमिक सुरक्षित होउन्,नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस्’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् । 

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १२:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij