Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सूर्यज्योति लाइफको खुद नाफा र बीमा शुल्क आर्जनमा सुधार

सूर्यज्योति लाइफको खुद नाफा र बीमा शुल्क आर्जनमा सुधार


  • 589
    Shares

    सूर्यज्योति लाइफको खुद नाफा र बीमा शुल्क आर्जनमा सुधार

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत)को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी बनेको हो।

    सार्वजनिक विवरण अनुसार चालु वर्षको चैतसम्ममा सूर्यज्योति लाइफले ३३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ११.६९ प्रतिशतले बढेको छ।

    चालु वर्षको पहिलो ९ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २२.७६ प्रतिशतले बढेको छ।

    कम्पनीले ८ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.४९ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५३ करोड ४० लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो।

    चैतसम्ममा ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १४.६७ प्रतिशतले बढेको छ। कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५३ करोड ४० लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २ लाख रुपैयाँ रहेको छ। 

    शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ८.७९ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ५०.६४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२५.४९ रुपैयाँ रहेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - ११:२४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij