२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । बाँके नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माग गरेको छ । सामाजिक सञ्जालमा अध्यक्ष दाहालले घटनाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको हो ।
‘भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, खेद प्रकट गर्दछ’ अध्यक्ष दाहालले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यको प्रवाह नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारबाही गरियोस भनि माग गर्दछु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij