Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनकोसीमा आएको बाढीले निर्माणाधिन पुल बगायो

सुनकोसीमा आएको बाढीले निर्माणाधिन पुल बगायो


  • 5.4K
    Shares

    • images
    सुनकोसीमा आएको बाढीले  निर्माणाधिन पुल बगायो
    images

    सिन्धुली । अबिरल वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले निर्माणाधिन पुल बगाएको छ । ओखलढुंगा र सिन्धुली जिल्लालाई जोड्न सिन्धुलीको फिक्कलमा निर्माणाधिन पुल बाढीले बगाएको हो ।

    ओलखढुंगाको चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाटलाई जोड्न निर्माण गरिएको पुल बिहीबार आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    २ सय १० मिटर लम्बाइको निर्माणाधिन पुलको करिब ४० मिटर भाग बाढीले बगाएको हो । चुँदी कन्ट्रक्सन प्रालि सानेपाले करिब २३ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का लिएके थियो ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ११:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij