Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोना संक्रमणबाट इटहरीका अग्रज पत्रकार न्यौपानेको निधन

कोरोना संक्रमणबाट इटहरीका अग्रज पत्रकार न्यौपानेको निधन


  • 4.6K
    Shares

    • images
    कोरोना संक्रमणबाट इटहरीका अग्रज पत्रकार न्यौपानेको निधन

    इटहरी । इटहरीका अग्रज सञ्चारकर्मी चन्द्र न्यौपानेको निधन भएको छ । ५० वर्षीय न्यौपानेको शुक्रबार बिहान ८ः२५ मा निधन भएको विराट मेडिकल कलेज कोभिड अस्पतालका इन्चार्ज डा। सुनिल देवले पुष्टि गरे ।

    उनले फोन सम्पर्कमा राजधानीसँग भने, ‘पाँचदिनदेखि उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो, तर आज बिहान बित्नुभयो ।’

    देवका अनुसार न्यौपानेलाई वैशाख २८ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको भएपनि स्वास्थ्य थप जटिल भएपछि पाँचदिनयता भेण्टिलेटरमा राखेर उपचार गरिदैँ आएको थियो । उनका अनुसार अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । ‘परिवारले नै शव व्यवस्थापन गर्न पाउने भएकाले अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ,’ डा। देवले भने, ‘उहाँलाई बचाउन थुप्रै प्रयास गरेपनि बचाउन सकिएन ।’

    धेरै पत्रकारहरुका मार्गनिर्देशक न्यौपानेको निधन सँगै इटहरीको सञ्चार क्षेत्रले एक सरल, इमान्दार र मृदुभाषी स्वभावका धनी व्यक्तिलाई गुमाएको छ । सप्तकोशी एफएम इटहरीका स्टेसन मेनेजर समेत रहेका उनी रेडियोहरुको छाता संगठन नेपाल ब्रोडकास्टिङ एशोसिएसनका केन्द्रीय अध्यक्ष तथा बिज्ञापन बोर्डका सदस्य हुन् ।

     

     

     

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ११:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij