२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । श्रीमती हत्याका अभियोग लागेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अभियोग दाबी पुग्ने ठहर गर्दै जन्मकैद सजाय सुनाएको छ । साथै, ३ लाख रुपैयाँ पीडितको आफन्तलाई क्षतिपूर्ति भराउने फैसला भएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिएका छन् ।
खत्रीले एक वर्षअघि २०८२ बैशाख २१ गते श्रीमती प्रेमा वलीलाई जंगलमा लगेर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij