२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । पर्सामा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको हेटौँडा घर भएका २३ वर्षीय कृतम लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
वीरगञ्ज महानगरपालिका-१७, आईसीपी गेटनजिक रोकिराखेको ना. ५ ख ८५७ नम्बरको कन्टेनरमा बुधबार राति ना.१ ब २४७९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij