Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अक्सिजन नपाउँदा सुत्केरीसहित ७ जनाको मृत्यु

अक्सिजन नपाउँदा सुत्केरीसहित ७ जनाको मृत्यु


  • 4.8K
    Shares

    • images
    अक्सिजन नपाउँदा सुत्केरीसहित ७ जनाको मृत्यु
    images

    पोखरा । सरकारले अक्सिजनको अभाव नभएको भनिरहेका बेला अक्सिजन नपाएर पोखरामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यृ हुनेमा अप्रेसन गरेकी सुत्केरी, मृर्गौला र कलेजोको समस्या भएकासहितका छन् । यसरी अक्सिजन नपाएर मृत्यु हुनेमा अप्रेसन गरेकी सुत्केरी, कलेजोको समस्या भएका १ जना, डायबिटिजको समस्या भएका एक जना, मिर्गौलाका समस्या भएका एकजनासहित अन्य सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिरुको निधन भएको हो ।

    हाइफ्लोमा अक्सिजन दिनुपर्ने भए पनि अभाव हुँदा बिरामीको निधन भएको बिरामीको आफन्तले दाबी गरेका छन् । धेरै नै सिरियस बिरामीलाई हाइफ्लोमा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन आवश्यक हुने गर्छ । तर, बिहीबार राति अक्सिजनको अभावमा उनीहरुले ज्यान गएको हो । तर, अस्पतालले अक्सिजनको अभावले मात्रै उनीहरुको ज्यान नगएको दाबी गरेको छ ।

    तर, अस्पतालले अक्सिजन अभाव भएको स्वीकारेको छ । अभावपछि अक्सिजन बिरामीका आफन्तले नै खोजेर ल्याए पनि उनीहरुलाई बचाउन नसकिएको अस्प्तालको भनाई छ । तर, बिरामीका आफन्तले लगातार अक्सिजन नपाउँदा बिरामीको निधन भएको बताएका छन् ।

    यसरी मृत्यु हुनमो तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १र१ जना गरी सात रहेका छन् ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १०:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij