Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भेरी अस्पतालको स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नर्सिङ संघको माग

भेरी अस्पतालको स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नर्सिङ संघको माग


  • 5.1K
    Shares

    • images
    भेरी अस्पतालको स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नर्सिङ संघको माग
    images

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नेपाल नर्सिङ संघ बाँकेले भर्त्सना गरेको छ । 

    संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले शुक्रबार बिहान विज्ञप्ती जारी गरी ज्यानको बाजी लगाएर कोभिड १९ बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै संघले दोषीमाथि कारवाहीको माग गरेकी छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागिरहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मीमाथि भएको सांघातिक अपराधजन्य घोर निकृष्ठ घटनाको नेपाल नर्सिङ संघ बाँँके भर्त्सना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    संघले संलग्न दोषीलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न र आगामी दिनमा शान्ति पूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न नेपाल सरकार र स्थानीय प्रशासन समक्ष माग गरेको छ ।

    यसैबीच घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रहरीले पनि घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको जनाएको छ । 

    भेरी अस्पतालमा दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गरेका थिए ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १०:०४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij