Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट


  • 540
    Shares

    गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नेछन् । 

    त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५% तथा अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नसकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट÷क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्नसक्नेछन् ।
     
    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij