Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, यस्तो छ अन्य वित्तीय सूचक

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, यस्तो छ अन्य वित्तीय सूचक


  • 449
    Shares

    ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, यस्तो छ अन्य वित्तीय सूचक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोही अवधिसम्म बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २.९३ प्रतिशतले घटेको छ।

    चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ थियो। 

    बैंकले ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात घटेर ०.६९ प्रतिशतमा झरेको छ। 

    बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ।

    चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ३ अर्ब ५४ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ रहेको छ। बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको व्यापार पनि बढेको देखिन्छ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर १५.४० रुपैयाँ कायम भएको छ भने पीई रेसियो १५.४६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७८.५३ रुपैयाँ रहेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij