२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् ।
सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिएका छन् ।
उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन । सांसद राईले उपसभामुखको उपचारमा व्यस्त भएपछि बैठकमा जान नसकेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij