२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् । शाह कपिलवस्तु-३ बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।
‘धारा ७ ९१० बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij