Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो


  • 1.7K
    Shares

    सार्वजनिक यातायातको भाडा फेरि बढ्यो
    images

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । 

    यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको छ  । 

    उनले भने, ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’।

    इन्धनको मूल्यमा हुने उतारचढावका आधारमा विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्दै आएको छ । यो नयाँ भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भई चल्ने लामो दूरीका सवारी साधन (अन्तर प्रदेश) मा लागू हुनेछ ।स्थानीय रुटमा चल्ने सवारी साधनको भाडाको हकमा भने सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij