Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

'कोरोना देवी' को पूजा

'कोरोना देवी' को पूजा


  • 8.8K
    Shares

    • images
    'कोरोना देवी' को पूजा

    भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा 'कोरोना देवी' का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ । 

    भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन् । 

    तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ । तर, सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका 'कोरोना देवी' का मूर्तिलाई पूजा गरिरहेका छन् । 

    उनीहरुले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ०८:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij