Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, खराब कर्जामा सुधार

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, खराब कर्जामा सुधार


  • 645
    Shares

    एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, खराब कर्जामा सुधार

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले यस बर्ष कमाएको यो नाफा रकम गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने सामान्य कम हो । 

    गत आर्थिक बर्ष एभरेष्ट बैंकको नाफा रकम ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो । वित्तीय विवरणअनुसार एभरेष्ट बैंकको नाफा गत बर्षको तुलनामा ३.५३ प्रतिशत अर्थात १७ करोड ९६ लाख रुपैयाँभन्दाबढीले घटेको देखिन्छ । 

    खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा वृद्धि भए पनि इम्पेरमेन्ट चार्जमा उच्च बृद्धि भएपछि बैंकको नाफा प्रभावित भएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.३३ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ पुगेको छ भने फि तथा कमिशन आम्दानी ३२.४९ प्रतिशतले बढेर १ अर्ब ४५ कराड २६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ९.२२ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेको छ। 

    समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेसँगै बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रुपैयाँमा सीमित भएको हो ।

    नाफा घटेको भए पनि बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ पुगेको छ, जुन गत बर्षको तुलनामा १०.०५ प्रतिशत बढी हो ।

    नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ २६ पैसाले घटेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६१ पैसा रहेकोमा समीक्षा अवधिमा ३२ रुपैयाँ ३५ पैसा कायम भएको हो।

    बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा कायम भएको छ । यो रकम गत आर्थिक बर्षको तुलनामा ८ रुपैयाँ ८० पैसाले कम हो । त्यस्तै, समीक्षा अवधिमा मूल्य आम्दानी अनुपात २१.५८ गुणा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ।

    बैंकले खराब कर्जा भने गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा सामान्य घटेको छ । गत बर्ष ०.६४ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ०.६१ प्रतिशतमा झरेको हो । हाल एभरेष्ट बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ। 

    चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १२:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij