Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिवसहित ११ जनाले दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिवसहित ११ जनाले दिए राजीनामा


  • 393
    Shares

    वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिवसहित ११ जनाले दिए राजीनामा

    काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सङ्घका बहुमत पदाधिकारीले वर्तमान अध्यक्षसँग काम गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् । 

    उनीहरुले सङ्घभित्र विवाद चर्किएसँगै महासचिव महेश बस्नेतसहित ५ जना पदाधिकारी र ६ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

    सङ्घका अध्यक्षलाई मान्न नसक्ने भन्दै प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिँजाली, सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरूङ, रमा खड्का र देवीप्रसाद गिरीले राजीनामा दिएका छन् । यसरी ७ जना पदाधिकारीमध्ये ५ जना र १० जना निर्वाचित सदस्यहरूमध्ये ६ जनाले राजीनामा दिएका छन् ।  

    यसअघि बुहमत पदाधिकारी सहितको कार्यसमिति बैठकले सङ्घका अध्यक्ष भुवनसिंह गुरूङको स्पष्टीकरण सोधेको थियो । लगत्तै अध्यक्षले नै महासचिवलाई स्पष्टीकरण सोधेसँगै थप विवाद चर्किएको थियो । 

    राजीनामा दिँदै उनीहरूले अध्यक्ष गुरुङको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत हावी भई निजी कम्पनीको शैलीमा झल्किएको आरोप लगाएका छन् । पटक–पटक आन्तरिक रूपमा ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएको भन्दै राजीनामा दिएको एक सदस्यले बताए । 

    तर यता सङ्घका अध्यक्ष भुवनसिंह गुरुङ पदाधिकारी तथा सदस्यहरूले दिएको भनिएको सामूहिक राजीनामाबारे आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउँछन् ।

    अध्यक्ष गुरुङले आफूलाई कसैले पनि राजीनामा पत्र नबुझाएको र यो विषय हल्ला मात्रै सुनेको बताए । ‘मलाई आधिकारिक रूपमा केही पनि आएको छैन। मलाई जानकारी पनि गराइएको छैन र मेरो अगाडि कसैले राजीनामा दिएको पनि होइन,’अध्यक्ष गुरुङले भने,’मैले पनि सञ्चारमाध्यमबाट हल्ला मात्र सुनेको हुँ, मलाई यसबारे केही थाहा छैन ।’

    अध्यक्ष गुरुङले संस्थामा वास्तवमा कुनै विवाद नै नरहेको दाबी गरे। उनले कार्यसमितिको बैठक आह्वान भइसकेको अवस्थामा यस्तो हल्ला बाहिरिएको बताए ।‘हामीले भोलि दिउँसो १ बजेका लागि कार्यसमितिको बैठक आह्वान गरिसकेका छौँ,’ उनले भने, ’कार्यसमितिको बैठक बोलाइसकेको अवस्थामा कसैको केही कुरा छ भने सोही बैठकमा आएर राख्ने वातावरण छ ।’

    विधान विपरीत आफूभन्दा धेरै तलको व्यक्तिले स्पष्टीकरण सोधेको भन्दै उनले त्यसको कुनै औचित्य नरहेको स्पष्ट पारे । गुरुङले भने, ’हाम्रो संस्था अध्यक्षीय प्रणालीमा चल्ने हो, संस्थागत रूपमा त्यही अनुसार काम हुन्छ। विधान विपरीतका कुराको अर्थ रहँदैन ।’

    press-note_page-0001_sRTUAISTm3.jpgpress-note_page-0002_JclxiDE5ei.jpg

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - ०८:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij