Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त


  • 323
    Shares

    सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    त्यस्तै बैठकले सुरक्षित मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ भने भने भन्सार नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय भएको पोखरेलले बताए ।

    उनले वर्तमान सरकारको एक महिनामा भएका कामहरू लक्ष्य अनुसार नै सम्पन्न भएको भन्दै अव सय दिनमा गर्ने कामको दिशामा अघि बढेको उल्लेख गरे । त्यस्तै प्रवक्ता पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने भएकाले क्रिकेट मैदान भत्कने अवस्था नआउने बताए । 

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छलफलका क्रममा समेत मैदान भत्काउने नभई भाडा सम्झौताको सकिएको अवधिलाई थप गर्ने विषयका कुरा भएको उनले प्रस्ट पारे । 

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १५:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij