Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु


  • 1.3K
    Shares

    युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु
    images

    काठमाडौं ।  लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये दुई बालबालिका र दुई महिला रहेका छन् भने ३७ जना घाइते भएका छन्। 

    गत साताको बिहीबार मात्र दुवै देशबीच तीन साताका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसयता पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै आएको छ।

    सम्झौताअनुसार इजरायललाई आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुमति दिइएको छ। आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका केही गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न चेतावनी दिएका थिए। त्यहाँ बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुने बताइएको थियो।

    इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा खटिएको र कडा कारबाही गरिरहेको बताएका छन्। उनले हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप पनि लगाएका छन्।

    यस घटनापछि क्षेत्रको अवस्था थप जटिल बनेको छ भने अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १४:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij