Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

कांग्रेसले बोलायो अनुशासन समिति बैठक


  • 225
    Shares

    कांग्रेसले बोलायो अनुशासन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    सचिव थापा मगरले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’। 

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेका विरुद्ध परेको उजुरीबारे बैठकमा छलफल हुनेछ । 

    त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १५:४९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij