Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काठमाडौँ उपत्यकाको हावा आज पनि अस्वस्थकर

काठमाडौँ उपत्यकाको हावा आज पनि अस्वस्थकर


  • 750
    Shares

    काठमाडौँ उपत्यकाको हावा आज पनि अस्वस्थकर
    images

    काठमाडौं । काठमाडौँ उपत्यकामा आज वायु प्रदूषण उच्च देखिएको छ। आइतबार बिहानको मापनअनुसार काठमाडौँ उपत्यका वायु प्रदूषणको मापनमा विश्वकै दोस्रो नम्बरमा छ।

    यतिबेला काठमाडौँ उपत्यकाको एक्यूआई १७७ छ। यो भनेको अस्वथ्यकर हावाको अवस्था हो। दुईसय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वस्थकर मानिन्छ।

    त्यसैगरि भारतको राजधानी नयाँ दिल्ली यतिबेला वायु प्रदूषणको दृष्टिले विश्वमै पहिलो स्थानमा छ। जहाँको एक्यूआई यतिबेला १८६ छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

    ५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

    दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

    तीन दिनअघिसम्म काठमाडौँमा बायु प्रदूषण अझ धेरै थियो। शुक्रबारदेखि सामान्य वर्षा र हावा चलेकाकाले प्रदूषण केही मात्रैमा घटेको हो।

    Screenshot_2026-04-26_111023_APwNZfHPGb.png

     

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij